केपी ओली कप : नेपाल पुलिस क्लबलाई पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा - Khel Sarokar

केपी ओली कप : नेपाल पुलिस क्लबलाई पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा

Khel Sarokar

खेल सरोकार

केपी ओली कप : नेपाल पुलिस क्लबलाई पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा

केपी ओली कप फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलको अन्तरले पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको छ ।सातदोबाटो युथ क्लबका दिपकराज सिंह ठकुरीले गोल गरेर पहिलो हाफको इन्जुरी टिमलाई अग्रता दिलाएका थिए ।

पुलिसका प्रविण थापाले ४९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ७१ औं मिनेटमा दिपकराज सिंह ठकुरीले दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाएका हुन् ।

सेमिफाइनलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्ने छ भने आर्मी र एनआरटीबीचको खेल भोलि शुक्रबार बिहान ११ बजेबाट सुरु हुनेछ । मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा पनि  शुक्रबार नै हुनेछ ।

युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीलाई उपाधिसहित नगद रु १० लाख, उपविजेता हुने टोलीलाई रु ५ लाख नगद पुरस्कार दिइने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई रु ५० हजार र हरेक खेलको विजेता टोलीलाई रु २५ हजार तथा प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई रु १५ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतिक्रिया