चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका छन् । ए डिभिजन लिग चलिरहेको बेलामा प्रशिक्षक हुमागाईंले राजीनामा दिएका छन् ।
अमेरिकाको ग्रीनकार्ड भएका कारण नेपालमा श्रम स्वीकृति लिएर मात्रै प्रशिक्षण गराउनुपर्ने भएपछि राजीनामा दिएको उनले बताएका छन् । श्रम स्वीकृति बिना प्रशिक्षक बनेको भनी उनको आलाेचना समेत भएके थियाे ।
हुमागाईंले सामाजिक सञ्जाल फेसबुकमा 'खेलकुद शारिरिक, मानशिक क्षमताको प्रदर्शन मात्र हैन, अनुशासन, निति र नियमको पालना पनि हो । नेपाली फुटवल खेल प्रतिको अगाध माया र यसको सुदृढिकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिए, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लव छोडेको जानकारी गराउन चाहान्छु । क्लव, खेलाडी र फुटवलसंग नेपाली खेल मैदानमा संगै जोडिन नपाउदा खल्लो अनुभूति भएपनि मेरो मन,मस्तिष्क र हृदय भरि नेपाली फुटवलको उज्जवल भविश्य र सफलता सधै रहिरहेको र रहिरहनेछ । जय नेपाली फुटवल ।' लेखेका छन्।
जारी लिगमा नव प्रवेशी चर्च ब्वाइज १२ अंकसहित दोस्रो स्थानमा रहेको छ। अखिल नेपाल फुटबल (एन्फा)ले गत असोजमा नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई नेपालको प्रशिक्षकको जिम्मा पनि दिएको थियो।
प्रतिक्रिया