शहीद स्मारक ए डिभिजन लिग फागुन २९ गतेदेखि ; खेलहरु हेर्न दुई थरीको टिकट मूल्य - Khel Sarokar

शहीद स्मारक ए डिभिजन लिग फागुन २९ गतेदेखि ; खेलहरु हेर्न दुई थरीको टिकट मूल्य

Khel Sarokar

खेल सरोकार

शहीद स्मारक ए डिभिजन लिग फागुन २९ गतेदेखि ; खेलहरु हेर्न दुई थरीको टिकट मूल्य

शहीद स्मारक ए डिभिजन लिग फागुन २९ गतेदेखि सुरु हुन लागेको छ । शहीद स्मारक ए डिभिजन लिगको खेलहरु हेर्नका लागि दर्शकले दुई थरीको टिकट मूल्य राखेको छ । साधारण प्यारापिटको रु १०० र भीआईपी प्याराफिटको रु ३०० मूल्य तोकिएको छ ।

शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गर्दै टिकटको मूल्य सार्वजनिक गरेको छ ।

दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा ठाँउमा हुने ए डिभिजन लिगको खेल हेर्नको लागि इसेवा मार्फत अनलाइन टिकट खरिद गर्न सकिने इसेवाले जानकारी दिएको छ भने एमडीएसी स्पोर्ट्सले १८२ वटा खेलको सबै टिकट इसेवामा उपलब्ध हुने जानकारी दिएको छ ।

केही दिनअघि मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए, बी र सी डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको लागि एमडीएसी स्पोर्ट्ससँग सम्झौता गरेको थियो ।लिगको प्रत्यक्ष प्रशारण स्पेस फोर के टेलिभिजनबाट हुनेछ ।

डबल राउण्ड रोबिन लिगमा हुने लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबले नव प्रवेशी एफसी खुमलटारसँग खेल्नेछ ।

प्रतिक्रिया