सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुरु ; उद्घाटन खेलमा विद्यार्थीलाई निःशुल्क प्रवेश - Khel Sarokar

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुरु ; उद्घाटन खेलमा विद्यार्थीलाई निःशुल्क प्रवेश

Khel Sarokar

खेल सरोकार

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुरु ; उद्घाटन खेलमा विद्यार्थीलाई निःशुल्क प्रवेश

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ आजबाट सुरु हुँदैछ । आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग एफसी खुमलटारले दशरथ रंगशालामा साँझ ५ः३० बजे खेल्ने छ । अखिल नेपाल फुटबल संघको आयोजनामा आजदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई निःशुल्क प्रवेश दिइने छ ।
दिउँसो ४स्३० बजेदेखि सुरु हुने उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरूको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ भने लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गर्नेछन् । 
तीन वटा मैदान अर्थात दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । यस लिगमा कुल १८२ वटा खेल हुनेछ ।
लिगको विजेताले ७५ लाख, दोस्रोले ५० लाख र तेस्रोले २५ लाख रूपैयाँ पुरस्कार पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख, मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको विजेता क्लवले प्रति म्याचबापत ५० हजार रूपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम एकआपसमा बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रूपैयाँ पाउनेछन् ।
लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टीमबीच भिडन्त हुनेछ।
 

प्रतिक्रिया