सहीद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै - Khel Sarokar

सहीद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै

Khel Sarokar

खेल सरोकार

सहीद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मंगलवार दुई खेलहरु हुँदैछन् ।

आज एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एकएक खेल हुनेछ । एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् । खेल दिउँसो २ः३० बजेबाट शुरु हुनेछ । पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लवलाई हराएको थियो भने खुमलटारले पहिलो खेलमा फ्रेण्ड्स क्लवलाई हराएको थियो ।

त्यसैगरि च्यासल मैदानमा फ्रेण्ड्स क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पनि दिउँसो २ः३० बजेबाट शुरु हुनेछ । फ्रेन्ड्स क्लब पहिलो खेलमा खुमलटारसँग र थ्रीस्टार एपीएफ क्लबसँग पराजित भएको थियो ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ ।

'ए' डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया