चौथो एसियाली खो खो प्रतियोगितामा नेपालकाे दुवै समूहमा दोश्रो स्थान - Khel Sarokar

चौथो एसियाली खो खो प्रतियोगितामा नेपालकाे दुवै समूहमा दोश्रो स्थान

Khel Sarokar

खेल सरोकार

चौथो एसियाली खो खो प्रतियोगितामा नेपालकाे दुवै समूहमा दोश्रो स्थान

हालै भारतको आसामको राजधानी गुवाहाटीमा सम्पन्न भएको चौथो एसियाली खो खो प्रतियोगितामा नेपालले दुवै समूहमा दोश्रो स्थान जित्न सफ भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा नेपाललाई भारतले दुवै समूहमा पराजित गरेको हो । पुरुष प्रतियोगितामा नेपाल ३० वर्षमा पहिलो पटक दोश्रो स्थानमा पुग्न सफल भएको हो । सो खेलमा भारतले नेपाललाई ५० का विरुद्ध ६७ अङ्कले पराजित गरेको हो ।

त्यस्तै महिला समूहमा पनि नेपाललाई भारतले ४० का विरुद्ध ५५ अङ्कले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित, भारत, कोरिया, इन्डोनेसिया, भुटान, बंगलादेश, इरान, श्रीलंका, मलेसियाको सहभागिता रहेको थियो ।

दोश्रो उपाधीसहित फर्केको नेपाली टोलीलाई नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदिप महर्जन र रेफ्री राजेश शाक्यलगायतले बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।

प्रतिक्रिया