शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको ए डिभिजनमा बढुवा भएका दुई क्लबबीचको भिडन्तमा चर्च ब्वाइजले एफसी खुमलटारलाई ३-१ गोलले पराजित गरेको हो ।
चर्च ब्वाइजका लागि आशिष चापागाईँले ११औं र ७१औं मिनेटमा गोल गरेका थिए । एरिक विष्टले १८औं मिनेटमा गोल गरेका थिए भने खुमलटारका लागि मेसुके ओलोमोउले ४०औं मिनेटमा एक गोल फर्काएका थिए ।
लगातार दोस्रो जितपछि चर्च ब्वाइज ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।
पहिलो खेलमा फ्रेण्ड्सलाई हराएर लिग सुरु गरेको खुमलटारको यो पहिलो हार हो ।
प्रतिक्रिया