प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रमा आगामी वर्षदेखि बजेट बढाउने बताएका छन् ।ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै मगंलबार उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताउँदै विगतमा यो क्षेत्रमा बजेटको व्यवस्था निकै कम हुने गरेको र आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए । खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने बताउदै सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको उनले बताए ।
च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल भएको छ भने रंगशालामा १० हजार दर्शक अटाउने क्षमता रहेको छ ।
प्रतिक्रिया