सातदोबाटोलाई पछि पार्दै जावालखेल शीर्ष स्थानमा - Khel Sarokar

सातदोबाटोलाई पछि पार्दै जावालखेल शीर्ष स्थानमा

Khel Sarokar

खेल सरोकार

सातदोबाटोलाई पछि पार्दै जावालखेल शीर्ष स्थानमा

काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

एन्फा कम्पलेक्समा भएको खेलमा फोडे फोफानाले ४३औं मिनेटमा पेनाल्टीमा गोल गरी जावलाखेललाई अग्रता दिलाएका थिए भने एनकोतो मासोओबीले ५०औं मिनेटमा गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे ।

सातदोबाटोका लागि ७५औं मिनेटमा दिपक राज सिंह ठकुरीले गोल फर्काए ।

जारी सिजन उत्कृष्ट लयमा रहेका जावलाखेलका लागि दुवै गोल विदेशी खेलाडीले गरे ।

जावालखेलले ६ खेलबाट ४ जित र १ बराबरीबाट १३ अंक जोडेको छ । जारी लिगमा दोस्रो हार बेहोरेको सातदोबाटोले ६ खेलबाट १२ अंक जोडेको छ ।

जितपछि सातदोबाटोलाई पछि पार्दै जावालखेल शीर्ष स्थानमा उक्लेको छ ।

प्रतिक्रिया