सहिद स्मारक ए डिभिजन लिगमा आजबाट आठौँ चरणको खेल सुरु हुँदै छन् ।
लिगको आठौँ चरण अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एउटा खेल एन्फा कम्प्लेक्समा हुनेछ भने अर्को खेल च्यासल मैदानमा हुनेछ ।
च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
मच्छिन्द्र फुटबल क्लब सात खेलबाट नौ अंकका साथ तालिकाको नवौँ स्थानमा रहेको छ । मच्छिन्द्र फुटबल क्लबले अघिल्लो खेलमा संकटा क्लबलाई २–१ गोलको अन्तरले पराजित गरेको थियो ।
एफसी खुमलटार सात अंकका साथ तालिकाको दशौँ स्थानमा रहेको छ। पछिल्लो खेलमा खुमलटारले जावलाखेल युथ क्लबसँग २–२ गोलको बराबरी खेल खेलेको थियो ।
आजै हुने अर्को खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दिउँसो २ बजेबाट सुरु हुनेछ ।
सातौ चरणको खेलमा आर्मीले सातदोबाटो युथ क्लबसँग तीन–तीन गोलको रोमान्चक बराबरी खेलेको थियो । त्रिभुवन आर्मी नौ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । जावलाखेल १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेलमा जित भए जावलाखेल युथ क्लब तालिकाको शीर्ष स्थानमा पुग्नेछ ।
प्रतिक्रिया