सहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले विजयी सुरुवात गरेको छ।
ललितपुरको च्यासल रंगशालामा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम एनआरटीलाई २–१ को गोल अन्तरले पराजित गरेको हो।
सातदोबाटोको लागि दीपक राज सिंह ठकुरीले गोल गरे भने एनआरटीको लागि निकोलसले गोल फर्काए।
खेलको ४५औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा एनआरटीको लागि निकोलसले गोल फर्काउँदै खेललाई बराबरीमा पुग्यो। ८४औँ मिनेटमा दीपकले दोस्रो गोल गर्दै सातदोबाटोलाई पुनः अग्रता दिलाएका थिए ।
त्यसैगरि आजै दशरथ रङ्गशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी खेलका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । खेल बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १–१ अंक बाडेका छन् ।
ए डिभिजनलिगमा अहिले दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र जाउलाखेल युथ क्लबबीचको खेल चलिरहेको छ ।
ए डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ुबीु डिभिजनमा घटुवा हुनेछन् ।
प्रतिक्रिया