साफ अन्डर सेभेन्टिन(यू – १७) महिला च्याम्पियनसिप फुटबलको आजको खेलमा नेपालले रसियासँग प्रतिस्पर्धा गर्दैछ।
बंगलादेशको ढाकास्थित बीएसएसएस मुस्ताफा कमल स्टेडियममा आफ्नो तेस्रो खेलमा नेपालले रसियासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र रसियाबीचको खेल राति ७ बजेबाट सुरु हुनेछ।
दुई खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले आज रसियालाई हराउँदै दोस्रो जित निकाल्ने योजनामा रहेको छ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई ५–० ले हराएको थियो।
रसिया भने लगातार तेस्रो जितको खोजीमा रहेको छ भने रसियाले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छन्। नेपालले चौथो खेलमा पर्सि मगलबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
राउण्ड रोबिनको आधारमा भएको शीर्ष टोलीले प्रतियोगिताको उपाधि जित्नेछ।
प्रतिक्रिया