ए डिभिजन लिग: आज भएकाे खेलमा मनाङ र मच्छिन्द्रकाे गोलरहित बराबरी , आर्मी र न्यूरोडको पनि बराबरी - Khel Sarokar

ए डिभिजन लिग: आज भएकाे खेलमा मनाङ र मच्छिन्द्रकाे गोलरहित बराबरी , आर्मी र न्यूरोडको पनि बराबरी

Khel Sarokar

खेल सरोकार

ए डिभिजन लिग: आज भएकाे खेलमा मनाङ र मच्छिन्द्रकाे गोलरहित बराबरी , आर्मी र न्यूरोडको पनि बराबरी

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज आइतबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरी खेलेसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ। खेलमा दुवै टिमले गोलका लागि मौका बनाए पनि फिनिसिङमा चुक्दा दुवै टिमले अंक बाँड्न बाध्य भयो।
सुरुवातदेखि नै रोमाञ्चक बनेको खेलको सातौं मिनेटमा मनाङका विसोन गुरुङले पेनाल्टी एरिया अगाडिबाट गरेको प्रहार मछिन्द्रका गोलकिपरले रोकेका थिए।
बराबरीसँगै साविक विजेता मच्छिन्द्र फुटबल क्लबले पहिलो अंक जोडेको छ भने मनाङले तीन खेलबाट पाँच अंक जोडेको छ। 

आर्मी र न्यूरोडको पनि बराबरी 

आजै च्यासल रंगशालामा भएको खेलमा आर्मी र न्यूरोड टिम (एनआरटी)ले ३–३ गोलको बराबरी खेलेका छन्। आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जले एक–एक गोल गरेका हुन्।

त्यसैगरि, एनआरटीका लागि लालमिन्जामाले दुई तथा जिन बोउमीले एक गोल गरेका हुन्। 
आर्मीले तीन खेलबाट ५ अंक जोडेको छ भने एनआरटीको यो पहिलो अंक रहेको छ ।

प्रतिक्रिया