सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको खेलमा दुई वटा खेल हुँदैछन् । आज हुने एउटा खेल दशरथ रङ्गशाला हुनेछ र अर्को खेल भने च्यासल मैदानमा हुनेछ ।
च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुर्इ क्लबबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सङ्कटा क्लब ८ खेलमा १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ भने समान खेलमा नेपाल एपीएफ ११ अङ्कका साथ नवौँ स्थानमा रहेको छ ।
आजै हुने अर्को खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुर्इ क्लबबीचको खेल बेलुका ६ बजेबाट दशरथ रङ्गशालामा सुरु हुनेछ ।
सातदोबाटो ८ खेलमा १६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ भने समान खेलमा नेपाल पुलिस क्लब ४ अङ्ककासाथ पुछारमा रहेको छ ।
प्रतिक्रिया