क्रिस्टियानो रोनाल्डोले अल-नासरका लागि ३ खेलमा दोस्रो ह्याट्रिक गरेका छन्। खेलको पहिलो हाफमा उनले ह्याट्रिक पूरा गरेका थिए ।
रोनाल्डोले १८ मिनेटपछि पेनाल्टीबाट गोल गर्दै अल नासरलाई अग्रता दिलाए । उनले २३ औं मिनेटमा दोस्रो गोल गरे भने ४४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । रोनाल्डोले अल नासारका लागि निरन्तर अवे खेलमा ह्याट्रिक गरेका हुन्।
आजको खेलमा अल नासरको लागि विदेशी स्टार तालिस्का र पिटी मार्टिनेज टोलीमा अनुपस्थित थिए र रोनाल्डोलाई आक्रमणमा ठूलो बोझ थियो ।
पहिलो पेनाल्टी निर्णयको लागि रिफ्रीले VAR प्रयोग गरेका थिए। रेफ्री मनिटरमा गए र रिप्लेमा दमाक कप्तान अल-नखलीले आफ्नो हातले बल अवरुद्ध गरेको स्पष्ट देखियो। यो जानाजानी थिएन, त्यसैले उनलाई रेफ्रीले केवल एक पहेंलो कार्ड देखाए । अन्ततः
रोनाल्डोले पेनाल्टीमार्फत अल सारलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल गरेपछि २६ मिनेटको समयमै ह्याट्रिक पूरा गरे ।
यो रोनाल्डोको करियरको ६२ ह्याट्रिक हो । रोनाल्डोले राष्ट्रिय टोलीका लागि १० ह्याट्रिक गरेका छन् । म्यानचेस्टर युनाइटेडका लागि ३ ह्याट्रिक, रियल म्याड्रिडका लागि ४४ ह्याट्रिक र युभेन्टसका लागि उनले ३ ह्याट्रिक गरेका छन् । अल नसारमा आवद्ध भएपछि उनले २ ह्याट्रिक गरेका छन् ।
यो संगै आजको खेलमा रोनाल्डोको क्लब अल नासरले डमाक एफसीलाई ३ गोलले पराजित गरेको छ। जितपछि अल नासार लिगको समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया