महिला ओलम्पिक फुटबलको एशियाली छनोटको खेल नेपालमा हुने - Khel Sarokar

महिला ओलम्पिक फुटबलको एशियाली छनोटको खेल नेपालमा हुने

Khel Sarokar

खेल सरोकार

महिला ओलम्पिक फुटबलको एशियाली छनोटको खेल नेपालमा हुने

महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा चैत २२ र २५ गते नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा हुने भएको छ ।
यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए तर उनीहरुले प्रतियोगिता नखेल्ने भनी नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुन लागेको छ । यो समूहको विजेता टोली दोश्रो चरणमा पुग्ने छ ।
एशियाका ७ वटा समूहमा विभाजित टिमबाट समूह विजेता दोश्रो चरणमा पुग्ने छन् ।
उत्तरकोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया सिधै दोश्रो चरणमा पुगिसकेका छन् । यी ५ टिमसहित ७ वटा समूहका विजेता गरी १२ टिमलाई दोश्रो चरणमा ३ समूहमा विभाजन गरिने छ । समूहका विजेता र उत्कृष्ट उपविजेताबीच फेरि तेस्रो चरणको खेल हुने छ र एशियाबाट २ वटा महिला टिमले ओलम्पिक खेल्न पाउने छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सहभागी हुन भियतनामको महिला टोली २० गते नेपाल आउने जानकारी दिएको छ ।
प्रतियोगिताको मार्केटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्टस प्रालिलाई दिइएको एन्फाले जनाएको छ ।
 

प्रतिक्रिया