सहिद स्मारक लिग ए डिभिजन : २–१ गोलले हिमालयन शेर्पा पराजित, खुमलटार चौथो स्थानमा - Khel Sarokar

सहिद स्मारक लिग ए डिभिजन : २–१ गोलले हिमालयन शेर्पा पराजित, खुमलटार चौथो स्थानमा

Khel Sarokar

खेल सरोकार

सहिद स्मारक लिग ए डिभिजन :  २–१ गोलले हिमालयन शेर्पा पराजित, खुमलटार चौथो स्थानमा

सहिद स्मारक लिग ए डिभिजन अन्तर्गत खुमलटारले हिमालयन शेर्पालाई आज सोमबार भएको खेलमा २–१ गोलको अन्तरले हराएको छ । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एक।एक गोल गरेका हुन् ।

मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल गरेका थिए ।

त्यस्तै हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल गरेका थिए। विश्वास श्रेष्ठले यो गोल ८० औं मिनेटमा गरेका थिए।

यो जितपछि खुमलटारको चार खेलबाट ६ अंक भएको छ र चौथो स्थानमा आउन सफल भयो। हिमालयन शेर्पा भने चार अंकमै सीमित रहेको छ र दसौं स्थानमा पुगेको छ ।

प्रतिक्रिया