सहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरु भइरहेका छन् ।
छैटौँ चरण अन्तर्गत आज मंगलवार दुई खेल हुँदैछन् । दुवै खेलहरु दिउँसो २ बजेबाट सुरु हुदैछन् ।
लिग अन्तर्गत आज एक खेल च्यासल मैदानमा हुनेछ भने अर्को एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
च्यासल मैदानमा भने न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया