सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेलमा मछिन्द्र क्लबले ७ गोल र खुमलटार युथ क्लबले तीन गोल गरेको छ । खुमलटार र मछिन्द्रबीचको खेलमा यस सिजनको सबैभन्दा धेरै गोल कुल १० गोल भएको छ ।
अफिज ओलावालेले पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शनका साथ मछिन्द्रलाई जित प्राप्त भयो । ओलावाले एक्लैले ५ गोल गरेपछि मछिन्द्रले मंगलबार च्यासल मैदानमा खुमलटार एफसीलाई ७-३ गोलको अन्तरले हराएको छ । मछिन्द्रका लागि अफिज ओलाओलेले पाँच, विमल घर्तिमगर र विजय भुजेलले एक एक गोल गरे भने खुमलटारका मेसुके ओलोमोउ दुई र स्टेफेन विनोङले एक गोल गरेका थिए ।
जारी लिगमा खराब सुरुवात गरेको मछिन्द्रको यो तेस्रो जित हो भने उसले २ खेल बराबरी खेलेको छ र ३ खेल हारेको छ । लगातार दोस्रो जित निकालेको मछिन्द्र शीर्ष ६ मा प्रवेश गरेको छ । मछिन्द्र ७ खेलबाट १२ अंकसहित छैटौं स्थानमा उक्लेको छ ।
खुमलटारको ८ खेलमा ७ अंकसहित लिगको १०औं स्थानमा रहेको छ ।
प्रतिक्रिया