फिफा विश्वकप २०२२ को उपाधि दावेदारमध्येको एक ब्राजिल आज राति हुने स्विट्जरल्याण्डविरुद्धको खेलमा स्टार स्ट्राईकर नेयमार बिना नै मैदानमा उत्रिने भएको छ ।
पाँच पटकको विश्वविजेता ब्राजिलले आज समूह ‘जी’ अन्तर्गतको खेलमा जित निकालेमा राउण्ड अफ १६ मा करिब स्थान पक्का गर्नेछ । तर, सर्बियाविरुद्धको खेलमा चोटका कारण एङ्कल सुन्निएको निको नभएपछि नेयमार बिना नै ब्रािजलको टोलि मैदानमा उत्रनु पर्ने भएको हो ।
ब्राजिल र स्विट्जरल्याण्डबिचको खेल आज राति ९ः४५ बजेबाट कतारको स्टेडियमा ९७४ मा हुनेछ । ब्राजिलले आफ्नो विश्वकप यात्राको पहिलो खेलमा सर्बियामाथि २–० गोल अन्तरको सहज जित निकाल्दै शुरुवात गरेको थियो ।
ब्राजिलको राष्ट्रिय टोलिले निकोलेको विज्ञप्ति अनुसार नेयमार आजको खेलमा चोटबाट मुक्त भइनसकेकोले खेल्न नसक्ने र उनको चोटको उपचार चलिरहेको र नेयमार आफै पनि २४ घण्टा फिजियोथेरापीमा ब्यस्त भइरहेको उल्लेख छ । नेयमारको चोट निको चाँडै निको हुने र खेलमा फर्किने टोलिको विश्वास रहेको विज्ञप्तिमा लेखिएको छ ।
पहिलो खेलमा तिन अंक बटुलेको ब्राजिल समूहको शिर्ष स्थानमा छ भने दोश्रो स्थानमा रहेको स्विट्जरल्याण्डको पनि तिन अंक नै छ ।
प्रतिक्रिया