चर्च ब्वाइज र एनआरटीबीचकाे खेल बराबरीमा रोकियाे - Khel Sarokar

चर्च ब्वाइज र एनआरटीबीचकाे खेल बराबरीमा रोकियाे

Khel Sarokar

खेल सरोकार

चर्च ब्वाइज र एनआरटीबीचकाे खेल बराबरीमा रोकियाे

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी क्लव चर्च ब्वाइज र एनआरटीले बराबरीको खेल खेलेको छ ।

मंगलबार भएको खेलमा चर्च ब्वाइज लिगको पुछारबाट दोस्रो स्थानमा रहेको एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाजले सुरुवाती २० मिनेटमा नै अग्रता लिएको थियो । चर्च ब्वाइजका लागि आशिष चौधरीले गोल गर्दै अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा एक गोलको अग्र्रता बनाएको चर्च ब्वाइजका कप्तान अनन्त तामाङले खेलको ६२ औं मिनेटमा फ्रिकिकमा गोल गरी अग्रता दोब्बर बनायो ।

खेलको ७१ औं मिनेटमा एनआरटीका रोहन खड्गीले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए र त्यसपछि खेलको इन्जुरी टाइममा सरोज तामाङले गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

बराबरीसँगै एनआरटी तीन अंकसहित तालिकाको १३ औं स्थानमा रहेको छ । एनआरटीले जारी लिगको कुनै पनि खेल जित्न सकेको छैन् ।

चर्च ब्वाइजले ६ खेलबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लेको छ  भने चर्च ब्वाइजको यो तेस्रो बराबरी हो ।

प्रतिक्रिया