पाँच राष्ट्र दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२३ सोमबार (आज) कमलापुरस्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा सुरु हुँदैछ ।
बंगलादेश फुटबल महासंघ (बीएफएफ)को रेखदेखमा साफको आयोजनामा हुन लागेको नौ दिनसम्म चल्ने प्रतियोगितामा दक्षिण एसियाका चार देश भारत, नेपाल, भुटान र आयोजक बंगलादेशसहित युरोपेली टोली रुसले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआतको योजनामा रहेको छ । भारत पनि जितबाट प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।
सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ । नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
प्रतिक्रिया