केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरू - Khel Sarokar

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरू

Khel Sarokar

खेल सरोकार

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरू

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लबबीच भिडन्त हुदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजेबाट सुरू भएको उद्घाटन खेल अघि सांस्कृतिक कार्यक्रम भएको थियो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सो प्रतियोगिता फागुन ११ गतेदेखि  १७ गतेसम्म चल्ने छ ।प्रतियोगितामा ए डिभिजन लिगका ७ वटा र एक आयोजक टोली केपी ओली एफसी गरी ८ वटा टिमबीच प्रतिष्पर्धा हुनेछ ।

सुरुका ४ वटा नकआउट म्याच गरि पछि विजेता हुँदै सेमिफाइनलमा पुगेका टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ । नकआउट चरणको खेल हेर्न दर्शकलाई कुनै शुल्क नलाग्ने युवा संघका महासचिव एवम् प्रतियोगिताका संयोजकले जनाएका छन् । फागुन १७ गते हुने फाइनल खेल हेर्नका लागि दर्शकले टिकटको ३०० रुपैयाँ तिर्नुपर्ने छ।

प्रतियोगितामा विजेता हुने टोलीलाई उपाधिसहित नगद रु १० लाख, उपविजेता हुने टोलीलाई रु ५ लाख नगद पुरस्कार दिइने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई रु ५० हजार र हरेक खेलको विजेता टोलीलाई रु २५ हजार तथा प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई   रु १५ हजार नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया