केपी ओली कप : चर्च ब्वाइज क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा - Khel Sarokar

केपी ओली कप : चर्च ब्वाइज क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा

Khel Sarokar

खेल सरोकार

केपी ओली कप : चर्च ब्वाइज क्लबलाई  २–१ ले  पराजित गर्दै मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच भएको खेलमा मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र फुटबल क्लब अन्तिम चारमा पुगेको छ ।

१६ औं मिनेटमा मछिन्द्र फुटबल क्लबका लागि सुजल श्रेष्ठले गोल गर्दै १–० को अग्रता दिलाए र ४० औं मिनेटमा रञ्जित धिमालले गोल गर्दै २–० को अग्रता दिलाए ।

पहिलो हाफमा २–० को अग्रतामा रहेको मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ६५ औं मिनेटमा आफ्नै पोष्टमा आत्मघाती गोल गर्दा चर्च ब्वाइजलाई फाइदा भएको थियो । तर खेलको अन्तिम मिनेटसम्म पनि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई मौका भएतापनि गोल गर्न सकेन र पराजित भयो ।

शनिबार हुने खेलमा केपी ओली फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्दा दिउँसो ३ बजे सुरु हुनेछ । विजेता मच्छिन्द्रले फाइनल प्रवेशका लागि केपी ओली फुटबल क्लब र जावलाखेल युथ क्लबबीचको विजेतासँग खेल्ने छ ।

युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीलाई उपाधिसहित नगद रु १० लाख, उपविजेता हुने टोलीलाई रु ५ लाख नगद पुरस्कार दिइने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई रु ५० हजार र हरेक खेलको विजेता टोलीलाई रु २५ हजार तथा प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई रु १५ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतिक्रिया