सहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणमा आज तीन खेल हुँदै - Khel Sarokar

सहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणमा आज तीन खेल हुँदै

Khel Sarokar

खेल सरोकार

सहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणमा आज तीन खेल हुँदै

सहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरु भइरहेका छन् ।

छैटौँ चरण अन्तर्गत आज आइतबार तीन वटा खेल हुँदैछन् । दुइ खेलहरु दिउँसो २ बजेबाट सुरु हुनेछन् भने एउटा खेल ५:४५ बजेबाट सुरु हुनेछ ।

लिग अन्तर्गत आज दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ र एउटा खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ । यो खेल दिउँसोको २ बजेबाट सुरु हुनेछ ।

दोस्रो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । यो खेल बेलुका ५:४५ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दिउँसो २ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया