रोनाल्डोले यो जर्सी डेमिरेललाई उपहार दिएका हुन् । यो जर्सीमा पोर्चुगलका स्टार फुटबलरको अटोग्राफ पनि छ । उक्त रकम स्थानीय गैरसरकारी संस्थालाई हस्तान्तरण गरिनेछ ।
भूकम्पले टर्की र सिरियामा ठूलो क्षति पु¥याएको छ । यस प्रकोपमा हजारौं मानिसले ज्यान गुमाएका छन् । मिडिया रिपोर्टमा भनिएको छ कि दुबै देशले सँगै करोडौं मानिस प्रभावित भएका छन्। अब इटालियन फुटबल क्लब युभेन्टसका पूर्व डिफेन्डर मेरिह डेमिरलले पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोको जर्सी लिलामी गर्ने निर्णय गरेका छन् । रोनाल्डोको यो जर्सी युभेन्टसबाट खेल्ने समयको हो । यो जर्सी लिलामीबाट प्राप्त हुने रकम भूकम्प पीडितलाई दिइनेछ ।
डेमिरलले भने–मैले रोनाल्डोसँग कुरा गरेको छु । उनी टर्कीमा भएको घटनाबाट गहिरो दुःखी छन्। हामी मेरो संग्रहमा रहेको रोनाल्डोको जर्सी लिलामी गर्ने छौं। यसबाट प्राप्त हुने रकम भूकम्पपीडितलाई सहयोग गरिने छ । रोनाल्डोले यो जर्सी डेमिरेललाई उपहार दिएका हुन् । यो जर्सीमा पोर्चुगलका स्टार फुटबलरको अटोग्राफ पनि छ । उक्त रकम स्थानीय गैरसरकारी संस्थालाई हस्तान्तरण गरिनेछ ।
यसअघि टर्कीमा गएको भूकम्पमा चेल्सी र न्युक्यासलका पूर्व फरवार्ड क्रिस्टियन अत्सुलाई भग्नावशेषबाट सकुशल निकालिएको थियो । घाना फुटबल संघले ट्विटरमा एक पोस्टमा यो जानकारी दिएको छ। अत्सु टर्की क्लब हातिसपोरबाट खेल्छन्। मिडिया रिपोर्टहरूले अत्सु एक आवासीय भवनमा थिए जुन ७.८ म्याग्निच्युडको भूकम्पपछि भत्किएको थियो।
यस्तै रोनाल्डो अहिले साउदी अरेबियाको फुटबल क्लब अल नासरबाट खेलिरहेका छन् । यसअघि उनी म्यानचेस्टर युनाइटेडको टोलीमा थिए । तर, टिम म्यानेजर एरिक टेन हागसँगको विवादपछि रोनाल्डोको एमयूसँगको सम्झौता खारेज भएको थियो । मेनुअघि रोनाल्डो युभेन्टस क्लबमा थिए ।
प्रतिक्रिया