शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबकाे जित - Khel Sarokar

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबकाे जित

Khel Sarokar

खेल सरोकार

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबकाे जित

विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित  हासिल रहेका छन् ।

च्यासल फुटबल मैदानमा आज बिहीबार भएको खेलमा आर्मीले मछिन्द्र फुटबल क्लबलाई २–० गोलको अन्तरले पराजित गरेको हो । साविक विजेता मच्छिन्द्रको यो लगातार दोस्रो हार रहेको छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा भएको अर्को खेलमा जावलाखेलले न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गरेको हो । जावलाखेलको यो लगातार दोस्रो जित रहेको छ ।

आर्मीको जितमा दीपक गुरुङले ४८औं र कप्तान नवयुग श्रेष्ठले ५९औं मिनेटमा गोल गरेका थिए । जितसँगै आर्मीले दुई खेलबाट चार अंक बनाएको छ । आर्मी पहिलो खेलमा संकटा क्लबसँग बराबरीमा रोकिएको थियो । पहिलो खेलमा जावलाखेलसँग हारेको मछिन्द्रले अंकको खाता भने खोल्न सकनन् ।

त्यस्तै एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा भएको खेलमा जावलाखेललाई जिताउन सिमान्त थापा र फोडे फोफानाले गोल गरेका थिए भने एनआरटीका सन्जिव विष्टले पनि गोल गरेका थिए ।

सिमान्तले ६८औं मिनेटमा गोल गर्दै जावलाखेलको उत्साह जगाए र ७७औं मिनेटमा फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । त्यसपछि ८०औं मिनेटमा सन्जिवले गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरेतापनि टोलीको  पराजय भयाे । दोस्रो जितसँगै जावलाखेलले ६ अंक बनाएको छ भने  लगातार दोस्रो हार खेपेको एनआरटीले अंक जाेड्न सकेनन् ।

प्रतिक्रिया