आइपिएलको तेहौं खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा - Khel Sarokar

आइपिएलको तेहौं खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

आइपिएलको तेहौं खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा

भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को तेहौं खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ भने खेल नेपाली समय अनुसार साझ ३ः४५ बजेदेखि सुरु हुनेछ ।

गुजरात टाइटन्सको कप्तानीमा हार्दिक पान्ड्या रहेका छन् । कोलकाता नाइट राइडर्सको कप्तानीमा नितिश राणा रहेका छन् ।

गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो ।

कोलकाता नाइट राइडर्स पन्जाब किंग्ससँग ७ रनले पराजित भएको थियो भने रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराउन सफल भएको थियो ।

गुजरात टाइटन्सको टोलीमा शुभमन गिल, ऋद्धिमान साह, हार्दिक पाण्ड्या, डेविड मिलर, विजय शंकर, राहुल तेवटिया, राशिद खान, अल्जारी जोसेफ, जोस लिटिल, मोहम्मद शामी र यश दयाल रहेका छन् ।

कोलकाता नाइट राइडर्सको टोलीमा श्रेयस अय्यर, रिंकु सिंह, अजिंक्य रहाणे, शेल्डन ज्याक्सन, आरोन फिन्च, सैम बिलिंग्स, वरुण चक्रवर्ती , प्याट कमिन्स ,बाबा इन्द्रजीत, वेंकटेश अय्यर, नितिश राणा, प्याट कमिन्स, उमेश यादव, आन्द्रे रसेल, टिम साउथी, सुनिल नारायण, चमिका करुणारत्ने र प्रथम सिंह रहेका छन् ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया