दिल्लीको लगातार चौथो जित : दिल्लीसँग आरसिबी पराजित - Khel Sarokar

दिल्लीको लगातार चौथो जित : दिल्लीसँग आरसिबी पराजित

Khel Sarokar

खेल सरोकार

दिल्लीको लगातार चौथो जित : दिल्लीसँग आरसिबी पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा दिल्ली क्यापिटल्स (डिसी) ले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ६ विकेटले पराजित गर्दै लगातार चौथो जित हासिल गरेको छ।

दिल्लीले आरसीबीको १६४ रनको लक्ष्य १७.५ ओभरमा ४ विकेट बाकी रहँदै पुरा गर्यो। केएल राहुलले ५३ बलमा ७ चौका र ६ छक्का सहित अविजित ९३ रनको आक्रमक पारी खेलेर दिल्लीको जितमा निर्णायक भूमिका खेले। उनले ट्रिस्टान स्टब्ससँग मिलेर पाँचौं विकेटका लागि १११ रनको साझेदारी गरे। स्टब्सले ३८ रन बनाए।

दिल्लीले सुरुमा ब्याटिङमा संघर्ष गर्यो। फाफ डु प्लेसिस (२ रन), जेक फ्रेजर (७ रन), अभिषेक पोरेल (७ रन) र कप्तान अक्षर पटेल (१५ रन) शीघ्र आउट भए। तर, राहुलले अन्तसम्म टिकेर दिल्लीलाई जित दिलाए।

आरसीबीले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन को लक्ष्य दिएको थियो । फिल साल्टले १७ बलमा ४ चौका, ३ छक्का सहित ३७ रन बनाए, तर अन्य ब्याटरहरूले ठूलो स्कोर गर्न सकेनन्। कप्तान रजत पाटीदार (२५ रन), विराट कोहली (२२ रन) र क्रुनाल पाण्ड्या (१८ रन) ले मध्यम प्रदर्शन गरे। बलरमा विप्रज निगम र कुलदीप यादवले २-२ विकेट लिए।

यस जितसँगै दिल्ली क्यापिटल्सले ४ खेलमा ४ जित (८ अंक) बनाएर पहिलो स्थानमा पुग्यो। गुजरात टाइटन्सले पनि ८ अंक जोडेको छ, तर दिल्लीले एक खेल कम खेलेको छ। आरसीबीले ५ खेलमा २ हार (६ अंक) सहित तेस्रो स्थानमा छ।

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया