पञ्जाबले चेन्नईलाई १८ रनले हरायो - Khel Sarokar

पञ्जाबले चेन्नईलाई १८ रनले हरायो

Khel Sarokar

खेल सरोकार

पञ्जाबले चेन्नईलाई १८ रनले हरायो

टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो। जवाफमा चेन्नईले निर्धारित ओभरमा पाँच विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। चेन्नईको लागि डेभन कोनवेले अर्धशतकीय इनिङ खेले। चेन्नईले लगातार चौथो खेल हारेको छ। 

यस जितसँगै पञ्जाब किंग्स अंकतालिकामा शीर्ष चारमा पुगेको छ। पञ्जाबले चार खेलबाट ६ अंक पुर्‍याएको छ । एक खेल बढी खेलेको चेन्नईको भने दुई अंक मात्रै छ।

पञ्जाब किंग्सका लागि प्रियांश आर्यले १०३ रन बनाए भने शशांक सिंहले अविजित ५२ रन बनाए। प्रियांशले अनक्याप्ड खेलाडी (३९ बल) को रूपमा आईपीएल इतिहासमा सबैभन्दा छिटो शतक बनाउन सफल भए । आईपीएल इतिहासमा संयुक्त रूपमा चौथो सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी को सुची मा पनि प्रियांशले आफ्नो नाम राख्न सफल भए ।

चेन्नईका ओपनर डेभन कन्वेले सर्वाधिक ६९ रन बनाए। ४९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। उनी रिटायर्ड आउट भए। शिवम दुबेले २७ बलमा तीन चौका र दुई छक्कासहित ४२ रन बनाए। उनी आउट भएसँगै क्रिजमा आएका महेन्द्रसिंह धोनीले २७ र ओपनर रचिन रवीन्द्रले ३६ रन बनाए। पञ्जाबलाई जित दिलाउन लोकी फर्गुसनले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। 

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया