मुम्बईको वानखेडे स्टेडियममा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको २० औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्समाथि १२ रनले रोमाञ्चक जित हात पारेको छ । आरसीबीले विगत १० वर्षमा यहाँ कुनै पनि खेल जितेको थिएन।
टस हारेर ब्याटिङमा आएको आरसीबीको सुरुवात राम्रो भएन । बोल्टले पहिलो ओभरमा फिल साल्ट (४) लाई बोल्ड गरे। यसपछि कोहलीले देवदत्त पडिक्कल (२२ बलमा ३७ रन) सँग दोस्रो विकेटका लागि ९१ रनको साझेदारी गरे । आरसीबीले २० ओभरमा पाँच विकेट गुमाएर २२१ रन बनाएको थियो । बैंगलोरका लागि स्टार ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक रन बनाए । उनले ४२ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६७ रनको इनिङ खेले। कोहलीले तेस्रो विकेटका लागि कप्तान रजत पाटीदारसँग ४८ रनको साझेदारी गरे ।
पाटीदारले ३२ बलमा ५ चौका र चार छक्का सहित ६४ रन बनाए । जितेशले १९ बलमा ४० रन बनाएर अविजित रहे । उनले दुई चौका र चार छक्का प्रहार गरे । बोल्टले चार ओभरमा ५७ रन दिए । उनले पहिलो पटक आईपीएलमा एक खेलमा ५० भन्दा बढी रन खर्चेका हुन ।
मुम्बईका लागि ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले २–२ विकेट लिए । विग्नेश पुथुरले १ विकेट लिए । योसँगै जनवरीपछि प्रतिस्पर्धात्मक क्रिकेटमा फर्किएका फास्ट बलर जसप्रित बुमराहले कुनै विकेट लिन सकेनन् ।
ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। यी दुई खेलाडी आउट हुँदा मुम्बईले मात्र ३८ रन बनाए । त्यसपछि विल ज्याक्स २२ र सूर्य कुमार यादव २८ रनमा पबिलियन फर्किए। चौथो विकेटको नोक्सानीमा मुम्बईले ९९ रन मात्र जोड्यो। पाँचौं विकेटको लागि तिलक वर्मा र कप्तान हार्दिक पाण्ड्याले पाँचौं विकेटको लागि ८९ रनको साझेदारी गरे। तिलकले २९ बलमा ४ चौका र ४ छक्का सहित ५६ रन जोडेर आउट भए। लगतै हार्दिक पनि ४२ रनमा आउट भए। यो सँगै मुम्बई पराजित हुन पुग्यो। बलिङमा क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ विकेट लिए।
| Teams | Matches | Won | Lost | Tied | NR | Points | NRR |
|---|---|---|---|---|---|---|---|
| Rajasthan Royals | 3 | 3 | 0 | 0 | 0 | 6 | +2.403 |
| Punjab Kings | 3 | 2 | 0 | 0 | 1 | 5 | +0.637 |
| Royal Challengers Bangalore | 2 | 2 | 0 | 0 | 0 | 4 | +2.501 |
| Delhi Capitals | 3 | 2 | 1 | 0 | 0 | 4 | +0.811 |
| Lucknow Super Giants | 3 | 2 | 1 | 0 | 0 | 4 | -0.359 |
| Sunrisers Hyderabad | 3 | 1 | 2 | 0 | 0 | 2 | +0.275 |
| Gujarat Titans | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.270 |
| Mumbai Indians | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.715 |
| Kolkata Knight Riders | 4 | 0 | 3 | 0 | 1 | 1 | -1.315 |
| Chennai Super Kings | 3 | 0 | 3 | 0 | 0 | 0 | -2.517 |
Copyright © 2026 Techcoderz Pvt. Ltd. All Rights Reserved.
प्रतिक्रिया