लखनऊ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेर आफ्नो पहिलो जित दर्ता गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा हैदराबादले १९० रन बनाएको लक्ष्यलाई लखनऊले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।लखनऊको जितमा निकोलस पुरनले २६ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा ७० रनको आक्रामक पारी खेले। उनले दोस्रो विकेटका लागि मिचेल मार्श (५२ रन, ३१ बल) संग ११६ रनको जोरदार साझेदारी गरे। कप्तान ऋषभ पन्त १५ रनमा आउट भए तापनि अब्दुल समाद (२२*) र डेभिड मिलर (१३*) ले अन्तिम समयमा जित निश्चित गरे। हैदराबादका कप्तान प्याट कमिन्सले २ विकेट लिए तर अन्य बलरहरूले प्रभावकारी प्रदर्शन गर्न सकेनन।
यसअघि, टस हारेर ब्याटिङ गर्न उत्रिएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो। ओपनर ट्राभिस हेडले ४७ रन (२८ बल) र अनिकेत बर्माले १३ बलमा ५ छक्काको सहयोगमा ३६ रन बनाए। तर, इशान किशन पहिलो बलमा नै आउट भएर हैदराबादको सुरुवात नराम्रो भयो। लखनऊका बलर शार्दुल ठाकुरले ४ विकेट लिई हैदराबादको रन चेन रोक्न महत्त्वपूर्ण भूमिका खेले। आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवले पनि १-१ विकेट लिए।
यो वर्ष आईपीएलको मेगा ऑक्शनमा शार्दुल ठाकुरले कुनै खरिदकर्ता पाएनन् । यसपछि लखनऊ सुपर जाइन्ट्सका मोहसिन खान घाइते भएर बाहिरिनु पर्दा अचानक एलएसजीका लागि आईपीएलमा प्रवेश गरेका हुन। पहिलो खेलमा आफ्नो टोलीका लागि शार्दुल ठाकुरले दुई ओभरमा दुई विकेट लिए भने दोस्रो खेलमा चार विकेट लिए । पहिलो र दोस्रो खेलमा समानता यो थियो कि पहिलो खेलमा पनि पहिलो ओभरमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा पनि पहिलो ओभरमा २ विकेट लिएका थिए । एक समयमा उनी ह्याट्रिकको नजिक पुगेका थिए, तर उनले त्यसो गर्न सकेनन्। शार्दुल ठाकुरले चार ओभरमा ३४ रन दिएर चार विकेट लिए । यो उनको आईपीएल करियरको उत्कृष्ट बलिङ प्रदर्शन हो । यस खेलमा चार विकेट लिएर शार्दुलले आफ्नो विकेटको संख्या पनि १०० मा पुर्याएका छन्। आफ्नो आईपीएल करियरको कुरा गर्ने हो भने शार्दुल ठाकुरले अहिलेसम्म ९७ खेल खेलेर १०० विकेट लिएका छन् ।
यसैगरी, लखनऊले यो जितसँगै २ अंक जोड्यो भने हैदराबादको यो पहिलो हार हो। अब लखनऊ अर्को खेलको तयारीमा लाग्नेछ भने हैदराबादले आफ्नो फर्म फेरि कायम गर्ने प्रयास गर्नेछ।
| Teams | Matches | Won | Lost | Tied | NR | Points | NRR |
|---|---|---|---|---|---|---|---|
| Rajasthan Royals | 3 | 3 | 0 | 0 | 0 | 6 | +2.403 |
| Punjab Kings | 3 | 2 | 0 | 0 | 1 | 5 | +0.637 |
| Royal Challengers Bangalore | 2 | 2 | 0 | 0 | 0 | 4 | +2.501 |
| Delhi Capitals | 3 | 2 | 1 | 0 | 0 | 4 | +0.811 |
| Lucknow Super Giants | 3 | 2 | 1 | 0 | 0 | 4 | -0.359 |
| Sunrisers Hyderabad | 3 | 1 | 2 | 0 | 0 | 2 | +0.275 |
| Gujarat Titans | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.270 |
| Mumbai Indians | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.715 |
| Kolkata Knight Riders | 4 | 0 | 3 | 0 | 1 | 1 | -1.315 |
| Chennai Super Kings | 3 | 0 | 3 | 0 | 0 | 0 | -2.517 |
Copyright © 2026 Techcoderz Pvt. Ltd. All Rights Reserved.
प्रतिक्रिया