१६ औँ संस्करणको आइपिएलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा - Khel Sarokar

१६ औँ संस्करणको आइपिएलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

१६ औँ संस्करणको आइपिएलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज सोमबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको भिडन्त बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा राति ७ः४५ देखि सुरु हुनेछ । 

जारी संस्करणमा चेन्नई र बैंग्लोरले समान ४ म्याच खेल्दा २/२ खेलमा मा जित र २/२ खेलमा हारको सामना गरेका छन् । दुवै टोली तेस्रो जितको खोजीमा रहने छ ।

चेन्नई सुपर किंग्सको कप्तानमा महेन्द्र सिंह धोनी रहेका छन् भने रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानमा फाफ डु प्लेसिस रहेका छन् । 

चेन्नई सुपर किंग्सको टोलीमा डेभन कन्वे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मेहिश थिक्क्षणा, मिचेल सान्टनर, आकाश सिंह र तुषार देशपाण्डे रहेका छन् ।

इम्प्याक्ट प्लेयरमा अम्बाती रायडू, शुभ्रांशु सेनापति, शेख रसिद र राजवर्धन हंगेरगेकर रहेका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोरको टोलीमा फाफ डु प्लेसिस, विराट कोहली, महिपाल लोमरर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक, सुयश प्रभुदेसाई, वानिन्दु हसरंगा, हर्षल पटेल, मोहम्मद सिराज र वेन पार्नेल रहेका छन् ।

इम्प्याक्ट प्लेयरमा विजयकुमार वैशाक, डेविड विली, आकाश दीप, करण शर्मा र अनुज रावत रहेका छन् ।

हालसम्म यी दुई टोलीले ३१ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा चेन्नईले २० र बैंग्लोरले १० खेलमा जित हासिल गरेका छन् । गत सिजनमा चेन्नई बैंग्लोरसँग १३ रनले पराजित भएको थियो ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया