आइपिएल २०२३ को चौथो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै - Khel Sarokar

आइपिएल २०२३ को चौथो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै

Khel Sarokar

खेल सरोकार

आइपिएल २०२३ को चौथो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को चौथो खेलमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ भने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ ।

दुबै टोली आइपिएलको पहिलो खेलमै विजयी सुरुवात गर्ने सोचमा छन् ।

कप्तान एडेन माक्ररम नहुँदा भुवनेश्वर कुमारले हैदराबादको कप्तानी गर्नेछन् भने राजस्थानको कप्तानी सञ्जु स्यामसनले गर्नेछन् ।

राजस्थानको टोलीमा सन्जु स्यामसन, जस बटलर, प्रसिद्ध कृष्ण, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ रहेका छन् ।

हैदराबादको टोलीमा ह्यारी ब्रुक, वासिन्टन सुन्दर, राहुल त्रिपाठी, मयंक अग्रवाल, अभिषेश शर्मा, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, मार्को यानसन, कार्तिक त्यागी, अब्दुल शर्मा, उमरान मलिक, टि नटराजन, विवरांत शर्मा, एडेन माक्ररम, आदिल राशिद, मयंक डागर, ग्लेन फिलिप्स, अकिल हुसैन, मयंक मारकान्डे, फजलहक फारुकी, उपेन्द्र यादव, सनविर सिंह, नितेश कुमार रेड्डी, अनोमलप्रीत सिंह र सामर्थ ब्यास रहेका छन् ।

यस खेललाई विष्फोटक ब्याटरविरुद्ध तीव्र गतिका बलरको खेलको रुपमा हेरिएको छ किनभने राजस्थानमा जस बटलर, सञ्जु स्यामसन र शिम्रन हेटमायर जस्ता विश्व चर्चित आक्रामक ब्याटर छन् । त्यसैगरि हैदराबादमा उमरान मलिक, भुवनेश्वर कुमार र टि नटराजन छन् । भुवनेश्वर स्वींग र नटरान योर्करका लागि चिनिन्छन् ।

आइपिएलमा हैदराबाद र राजस्थानबीच १६ खेल भइसकेका छन् र दुबै टोलीले समान ८ जित हासिल गरेका छन् ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया