आईपीएलकाे २७ औं खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदै - Khel Sarokar

आईपीएलकाे २७ औं खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदै

Khel Sarokar

खेल सरोकार

आईपीएलकाे २७ औं खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदै

भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बिहिबार दुई खेल हुदैछ ।

आज हुने २७ औं खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल पन्जाबको घरेलु मैदान मोहालीमा नेपाली समयअनुसार दिउँसाेको ३:४५ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा पाँच खेल खेलेको पन्जाब तीनमा जित र दुईमा हारसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । त्यस्तै, पाँच मध्ये दुई खेलमा जितेको बेंग्लोर अंकतालिकाको आठौँ स्थानमा रहेको छ ।

पन्जाब किंग्सको टोलीमा शाहरुख खान, ऋषि धवन, बलतेज ढण्डा, अथर्व तायडे, शिखर धवन, भानुका राजपाक्षे, प्रभसिमरन सिंह, जितेश शर्मा, अर्शदीप सिंह, कागिसो रबाडा, राहुल चाहर, नाथन एलिस, लियाम लिभिङस्टोन र म्याथ्यु शर्ट रहेका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीमा फाफ डु प्लेसिस, विराट कोहली, माइकल ब्रेसवेल, वानिन्दु हसरंगा, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक, शाहबाज अहमद, हर्षल पटेल, डेविड विली, मोहम्मद सिराज, कर्ण शर्मा र आकाश दीप रहेका छन् ।

पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीचको भएको पछिल्लो पाँच खेलमा चार खेलमा पन्जाबले जित निकालेको छ भने एक खेलमा बेंग्लोर विजयी भएको छ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया