कोलकाता । आईपीएल २०२५ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई ७ विकेटले पराजित गर्दै शानदार सुरुवात गर्यो। कोलकाताको ईडन गार्डन्समा भएको यो रोमाञ्चक खेलमा आरसीबीले २२ बल बाँकी राख्दै १७४ रनको लक्ष्य पुरा गर्यो। यो विराट कोहलीको ४०० औं टी-२० खेल थियो।
टस जितेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनायो। ओपनर क्विन्टन डी कक पहिलो ओभरमा नै आउट भएपछि टोलीले सुरुवात खराब गर्यो। तर, कप्तान अजिंक्य रहाणे र सुनिल नारायणले मध्यक्रममा ५५ बलमा १०३ रनको साझेदारी गरेर टोलीलाई सम्भाले। रहाणेले ३१ बलमा ५६ रन बनाए भने नारायणले २६ बलमा ४४ रन बनाए। तर, अन्तिम ओभरहरूमा केकेआरले आवश्यक धुमाधाम गर्न सकेन।
आरसीबीका गेन्दबाजहरूले उत्कृष्ट प्रदर्शन गरे। क्रुणाल पाण्ड्याले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए भने जोस हेजलवुडले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए।
आरसीबीले १६.२ ओभरमा ३ विकेट गुमाएर १७७ रन बनाएर जित हात पार्यो। विराट कोहलीले ३६ बलमा ५९ रन बनाएर अविजित रहे भने लियाम लिभिंगस्टनले ५ बलमा १५ रन बनाएर अन्तिम समयमा टोलीलाई जित दिलाए। केकेआरका गेन्दबाज वैभव, सुनिल र वरुणले १–१ विकेट लिए।
विराट कोहली र फिल साल्टले १७५ रनको लक्ष्य पछ्याउँदा आरसीबीलाई धमाकेदार सुरुवात दिएका थिए। यी दुई ब्याट्सम्यानहरूले पहिलो विकेटका लागि ९५ रनको जोडी बनाए, जसले मैदानमा बिजुलीको चम्को छाडेको थियो। फिल साल्टले मात्र ३१ बलमा ५६ रनको आक्रामक पारी खेलेर दर्शकलाई मन्त्रमुग्ध पारे, तर उनी आउट भएपछि आरसीबीको रन चेस थोरै ढिलो भयो। देवदत्त पडिकलले १० बलमा १० रन मात्र बनाउन सके, जसले दबाब बढायो। तर कप्तान रजत पाटीदारले १६ बलमा ३४ रनको तूफानी पारी खेलेर आशा जगाए। उनको आउटले मैदानमा फेरि तनाव बढ्यो। तर विराट कोहलीले अविजित ५९ रन बनाएर टिमलाई जितको द्वारसम्म पुर्याए। लियाम लिभिङस्टोनले पनि १५ रनको सहयोग गरेर आरसीबीलाई जित दिलाए। यो म्याचमा कोहलीको शानदार फर्म र साल्टको आक्रामक ब्याटिङले दर्शकलाई रोमाञ्चित बनायो।
| Teams | Matches | Won | Lost | Tied | NR | Points | NRR |
|---|---|---|---|---|---|---|---|
| Rajasthan Royals | 3 | 3 | 0 | 0 | 0 | 6 | +2.403 |
| Punjab Kings | 3 | 2 | 0 | 0 | 1 | 5 | +0.637 |
| Royal Challengers Bangalore | 2 | 2 | 0 | 0 | 0 | 4 | +2.501 |
| Delhi Capitals | 3 | 2 | 1 | 0 | 0 | 4 | +0.811 |
| Lucknow Super Giants | 3 | 2 | 1 | 0 | 0 | 4 | -0.359 |
| Sunrisers Hyderabad | 3 | 1 | 2 | 0 | 0 | 2 | +0.275 |
| Gujarat Titans | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.270 |
| Mumbai Indians | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.715 |
| Kolkata Knight Riders | 4 | 0 | 3 | 0 | 1 | 1 | -1.315 |
| Chennai Super Kings | 3 | 0 | 3 | 0 | 0 | 0 | -2.517 |
Copyright © 2026 Techcoderz Pvt. Ltd. All Rights Reserved.
प्रतिक्रिया