१६ औँ संस्करणको आईपीएल आजबाट सुरु हुँदै - Khel Sarokar

१६ औँ संस्करणको आईपीएल आजबाट सुरु हुँदै

Khel Sarokar

खेल सरोकार

१६ औँ संस्करणको आईपीएल आजबाट सुरु हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औँ संस्करण आजबाट सुरु हुँदैछ । यस नयाँ सिजनको आईपीएलको पहिलो खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डाना र तमन्ना भाटियाले प्रस्तुति दिनेछन् भने उद्घाटनसत्र र उद्घाटनसत्रको खेल भारतको गुजरातको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

गुजरात र चेन्नईबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BBCI) ले १६औं सिजनका खेलहरू सञ्चालन गर्ने होम एन्ड अवे विधिलाई पुनर्स्थापना सहित नियम र ढाँचामा केही परिमार्जन गरेको छ।

होम एन्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टिम सहभागी छन् र ५२ दिनमा ७४ खेल हुनेछन् ।

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया