भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा आज आइतबारको पहिलो खेल मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ र यो खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।
अघिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले सिजनको पहिलो जित दर्ता गरेको थियो भने कोलकाता नाइट राइडर्सले उच्च स्कोरको खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो।
मुम्बईका लागि यो सिजन राम्रो भएन । उसले सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा मुम्बई बेङ्लोर र दोस्रो खेलमा चेन्नईसँग पराजित भएको थियो । तेस्रो खेलमा दिल्लीलाई पराजित गर्दै जितेको थियो । चौथो खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले सिजनको पहिलो जित हासिल गरेको थियो ।
मुम्बाईविरुद्धको खेल कोलकोताको जारी सिजनको पाँचौं खेल हुनेछ। मुम्बई इन्डियन्स पहिलो खेलमा पञ्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा बैंगलोर र तेस्रो खेलमा साविक विजेता गुजरातलाई पराजित गरेको थियो भने चौथो खेलमा हैदरावादसँग २३ रनले पराजित भएको थियो ।
मुम्बई इन्डियन्सको टोलीमा रोहित शर्मा, इशान किशन, क्यामरन ग्रीन, सूर्यकुमार यादव, तिलक वर्मा, नेहल वढेरा, अरशद खान, ऋतिक शोकिन, पियुष चावला, जेसन बेहरेनडोर्फ र रिले मेरिडिथ रहेका छन् ।
कोलकाता नाइट राइडर्सको टोलीमा नितिश राणा, रहमानउल्लाह गुरबाज, नारायण जगदीशन, रिंकु सिंह, आन्द्रे रसेल, शार्दुल ठाकुर, सुनील नारायण, लोकी फर्गुसन, सुयश शर्मा, उमेश यादव र वरुण चक्रवर्ती रहेका छन् ।
मुम्बई इन्डियन्स आईपीएलको सबैभन्दा सफल टोली हो। मुम्बई इन्डियन्सले पाँच पटक उपाधि जितेका छन् भने कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेको छ ।
प्रतियोगितामा अहिलेसम्म दुवै टोलीले ३१ पटक सामना गरेका छन् । जसमा मुम्बईले २२ पटक र कोलकाताले ९ पटक मात्र जित हासिल गरेको थियो ।
| Teams | Matches | Won | Lost | Tied | NR | Points | NRR |
|---|---|---|---|---|---|---|---|
| Rajasthan Royals | 3 | 3 | 0 | 0 | 0 | 6 | +2.403 |
| Punjab Kings | 3 | 2 | 0 | 0 | 1 | 5 | +0.637 |
| Royal Challengers Bangalore | 2 | 2 | 0 | 0 | 0 | 4 | +2.501 |
| Delhi Capitals | 3 | 2 | 1 | 0 | 0 | 4 | +0.811 |
| Lucknow Super Giants | 3 | 2 | 1 | 0 | 0 | 4 | -0.359 |
| Sunrisers Hyderabad | 3 | 1 | 2 | 0 | 0 | 2 | +0.275 |
| Gujarat Titans | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.270 |
| Mumbai Indians | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.715 |
| Kolkata Knight Riders | 4 | 0 | 3 | 0 | 1 | 1 | -1.315 |
| Chennai Super Kings | 3 | 0 | 3 | 0 | 0 | 0 | -2.517 |
Copyright © 2026 Techcoderz Pvt. Ltd. All Rights Reserved.
प्रतिक्रिया