आइपिएल: आज हुने दोस्रो खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा - Khel Sarokar

आइपिएल: आज हुने दोस्रो खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

आइपिएल: आज हुने दोस्रो खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स (जीटी) र राजस्थान रोयल्स (आरआर) बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ र यो खेल राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

यी दुवै टोली गत वर्षको फाइनलमा आमनेसामने भएका थिए । फाइनल खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

आज हुने खेल राजस्थान रोयल्सको यस सिजनमा पाँचौं खेल हुनेछ । राजस्थान रोयल्सले पछिल्ला चार खेलमा तीन जित र एकमा हार बेहोरेको छ । राजस्थानले पहिलो खेलमा हैदरावादलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । त्यसपछि दिल्ली र चेन्नईलाई हरायो तर पञ्जाबसँग हार बेहोरेको थियो ।

आज हुने खेल गुजरात टाइटन्सको पनि यो सिजनको पाँचौं खेल हुनेछ। गुजरात टाइटन्सले पछिल्ला चार खेलमा तीन जित र एक हार बेहोरेको छ । सिजनको पहिलो खेलमा गुजरातले चेन्नईलाई हराएको थियो । त्यसपछि उनले दिल्ली र पञ्जाबमाथि जिते हासिल गरेका थिए । गुजरात टाइटन्सले कोलकातासँग हार बेहोरेको थियो ।

गुजरात टाइटन्सको यो लिगमा दोस्रो सिजन हो । पहिलो सिजनमै सबैलाई चकित पारेर गुजरात टाइटन्स च्याम्पियन बनेको थियो ।

राजस्थान रोयल्स को टोलीमा सञ्जु सैमसन, जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पाडिकल, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, जेसन होल्डर, युजवेन्द्र चहल, कुलदीप शर्मा सेन र सन्दीप सेन रहेका छन् ।

गुजरात टाइटन्स को टोलीमा हार्दिक पाण्ड्या, शुभमन गिल, ऋद्धिमान साहा, साई सुदर्शन, विजय शंकर, राहुल तेवाटिया, डेभिड मिलर, राशिद खान, मोहम्मद शमी, जेशुआ लिटिल र अल्जारी जोसेफ रहेका छन् ।

यी दुवै टोली ३ पटक आमनेसामने भएका थिए र गुजरातले तीनवटै खेल जितेको थियो ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया