१६ औँ संस्करणको आइपिएलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा - Khel Sarokar

१६ औँ संस्करणको आइपिएलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

१६ औँ संस्करणको आइपिएलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज बुधबार चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको भिडन्त चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

लिगमा चेन्नई–राजस्थान तेस्रो जितको खोजीमा छन् ।

गत संस्करण उपविजेता राजस्थानले जारी प्रतियोगितामा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले पराजित भयो । तेस्रो म्याचमा दिल्ली क्यापिटल्सलार्इ ५७ रनले हरायो ।

चेन्नई सुपर किंग्स पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । चेन्नईले दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई १२ रनले हरायो र तेस्रो खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले हरायो ।

चारपटक आइपिएल ट्रफी उचालेको चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्र सिंह धोनीले गरिरहेका छन् । राजस्थान रोयल्सको कप्तानी सञ्जु सामसन ले गरिरहेका छन् ।

चेन्नई सुपर किंग्सको टोलीमा महेन्द्र सिंह धोनी, डेभोन कोनवे, ऋतुराज गायकवाड, बेन स्टोक्स, अम्बाती रायडु, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, मिचेल सान्टनर, दीपक चाहर, तुषार देशपाण्डे, सिमरजीत सिंह, प्रशान्त सोलंकी, राजवर्धन हंगेरगेकर र आकाश सिंह रहेका छन् ।

राजस्थान रोयल्सको टोलीमा सन्जु स्यामसन, जस बटलर, प्रसिद्ध कृष्ण, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ रहेका छन् ।

अहिलेसम्म चेन्नई र राजस्थानले २७ खेलमा एकअर्काको सामना गरिसकेका छन् । जसमध्ये १५ खेल चेन्नईले जितेको छ भने १२ खेल राजस्थानले जितेको छ ।

पछिल्लो ५ खेलमा भने चेन्नईविरुद्ध राजस्थान अगाडि रहेको छ । ५ मध्ये राजस्थान एक खेलमा मात्र पराजित भएको थियो ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया