कोलकाताले जितको खाता खोल्यो - राजस्थान रोयल्स विरुद्ध धमाकेदार जीत - Khel Sarokar

कोलकाताले जितको खाता खोल्यो - राजस्थान रोयल्स विरुद्ध धमाकेदार जीत

Khel Sarokar

खेल सरोकार

कोलकाताले जितको खाता खोल्यो - राजस्थान रोयल्स विरुद्ध धमाकेदार जीत

डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) ले आईपीएल २०२५ मा आफ्नो पहिलो जित दर्ता गर्दै राजस्थान रोयल्स (आरआर) लाई ८ विकेटले पराजित गर्यो। बुधबार गुवाहाटीको बार्सपारा क्रिकेट स्टेडियममा भएको खेलमा केकेआरले आरआरले सेट गरेको १५२ रनको लक्ष्य मात्र १७.३ ओभरमै २ विकेटको क्षतिमा पछ्याउन सफल भयो। केकेआरका विकेटकिपर-ब्याट्सम्यान क्विन्टन डी कक ले म्याच विजयी बनाउन अविजित ९७ रनको ताबडतोड पारी खेले। उनले ६१ बलमा ८ चौका र ६ छक्का हान्दै बलिङ हल्लाए। उनको यो पारी केकेआरको जित निश्चित बनाउन पर्याप्त भयो।

टस हारेर ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन मात्र बनाउन सफल भयो। आरआरका लागि ध्रुव जुरेल (३३ रन, २८ बल) र यशस्वी जैसवाल (२९ रन, २४ बल) ले सुरुवातमा केही रन जोडे तापनि बाँकी ब्याट्सम्यानहरूले टिक्न सकेनन्। कप्तान रियान पराग ले १५ बलमा २५ रन (३ छक्का) बनाए तर टिमलाई ठूलो स्कोर बनाउन सहयोग गर्न सकेनन्।

केकेआरका बलरहरूले राजस्थानलाई दबाबमा राख्न सफल भए। वरुण चक्रवर्ती, मोइन अली, हर्षित रानावैभव अरोरा ले २–२ विकेट लिए भने स्पेन्सर जोन्सन ले १ विकेट लिए

यसरी, केकेआरले आईपीएल २०२५ को सुरुवात राम्रोसँग गर्दै पहिलो म्याच जित्न सफल भयो।

म्याच सारांश:

  • राजस्थान रोयल्स: १५१/९ (२० ओभर)

  • कोलकाता नाइट राइडर्स: १५२/२ (१७.३ ओभर)

  • प्लेयर अफ द म्याच: क्विन्टन डी कक (९७*, ६१ बल)

  • नतिजा: केकेआरले ८ विकेटले जित्यो।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया