गुजरातले मुम्बईलाई हरायो - Khel Sarokar

गुजरातले मुम्बईलाई हरायो

Khel Sarokar

खेल सरोकार

गुजरातले मुम्बईलाई हरायो

इण्डियन प्रिमियर लिग (आइपिएल) को आजको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गर्यो । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा खेलिएको यस खेलमा गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो । जवाबमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० मात्र बनाउन सक्यो ।

मुम्बईको खेलाडी प्रदर्शन

  • सूर्यकुमार यादव (४८ रन, २८ बल, ४ छक्का, १ चौका) ले टिमको लागि सर्वाधिक रन जोडे ।

  • तिलक वर्मा (३९ रन, ३६ बल, ३ चौका, १ छक्का) ले सूर्यकुमारसँग तेस्रो विकेटमा ६१ रनको साझेदारी गरे ।

  • नमन धीर (१८ रन, ११ बल, ३ चौका) र मिचेल सान्टनर (१८ रन, ९ बल, १ चौका, २ छक्का) ले अन्तिम समयमा केहि रन थपे ।

  • कप्तान हार्दिक पाण्ड्या (११ रन), रोहित शर्मा (८ रन) र रायन रिकल्टन (६ रन) ले असफल प्रदर्शन गरे ।

गुजरातको बलिङ

  • मोहम्मद सिराज र प्रसिद्ध कृष्णा ले २-२ विकेट लिए ।

  • साइ किशोर र कागिसो रबाडा ले १-१ विकेट लिए ।

गुजरातको ब्याटिङ प्रदर्शन

  • साई सुदर्शन (६३ रन, ४१ बल, ४ चौका, २ छक्का) ले लगातार दोस्रो अर्धशतक बनाए ।

  • शुभमन गिल (३८ रन, २७ बल, ४ चौका, १ छक्का) ले सुदर्शनसँग पहिलो विकेटमा ७८ रनको साझेदारी गरे ।

  • जोस बटलर (३९ रन, २४ बल, ५ चौका, १ छक्का) 

  • शरफेन रादरफोर्ड (१८ रन, ११ बल, २ छक्का) ले मध्यक्रममा रन थपे ।

मुम्बईको बलिङ

  • कप्तान हार्दिक पाण्ड्या ले २ विकेट लिए ।

  • सत्यनारायण राजु, मुजिब उर रहमान, ट्रेन्ट बोल्ट, दिपक चहर ले १-१ विकेट लिए ।

यो गुजरातको पहिलोजित हो (पहिलो खेलमा पञ्जाब किंग्ससँग हार) ।मुम्बईको लगातार दोस्रो हार (पहिलो खेलमा चेन्नईसँग हार) मुम्बईले गुजरातसँग नरेन्द्र मोदी स्टेडियममा खेलेको सबै ४ खेल हारेको छ ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया