साविक विजेता गुजरात टाइटन्समा आवद्ध न्युजिल्याण्डका स्टार ब्याटर केन विलियम्सनले जारी सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को बाँकी खेल गुमाउने भएका छन् ।
चेन्नई सुपर किंग्स विरुद्ध शुक्रबार भएको उद्घाटन खेलमा फिल्डिङका क्रममा विलियम्सन घाइते भएका थिए । छक्का बचाउने क्रममा शरीरको सन्तुलन नमिलेर ल्यान्डिङ गर्दा उनको दायाँ घुँडामा चोट लागेको थियो । चोट लाग्ने बित्तिकै उनले मैदान छाडेका थिए ।
पहिलो इनिङ्स मै घाइते भएपछि उनले ब्याटिङ गर्न सकेनन् र उनको स्थानमा गुजरातले यस सिजनबाट लागु भएको इम्प्याक्ट प्लेयर रुल अनुसार साइ सुदर्शनलाई दोस्रो इनिङ्समा खेलाएको थियो ।
गुजरात टाइटन्सले आइतबार विज्ञप्ति जारी गर्दै चोटका कारण विलियम्सनले आईपीएल २०२३ बाट बाहिरिएको बताउँदै उनको स्वास्थ्यलाभको कामना गरेको छ । त्यही चोटका कारण विलियम्सन जारी आईपीएलको १६औं संस्करणबाट बाहिरिएका हुन् ।
विलियम्सनले २०१८ देखि २०२२ सम्म सनराइजर्स हैदरवादका लागि खेलेका थिए र यस सिजन गुजरातमा अनुबन्ध भएका उनी उपचारको लागि अर्को साता न्युजिल्याण्ड फर्कदै छन् ।
विलियम्सन गुजरातका अनुभवी ब्याटर हुन् र उनले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
हालसम्म विलियम्सनले आइपिएलमा ७७ खेलमा १८ अर्धशतकको मद्दतमा २ हजार १०१ रन बनाएका छन् । उनले २०१८ मा सर्वाधिक ७३५ रन बनाएर ओरेन्ज क्याप जितेका थिए ।
गुजरातले पहिलो खेलमा चेन्नईलाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा गुजरातले मंगलबार दिल्ली क्यापिटल्सको सामना गर्दैछ ।
| Teams | Matches | Won | Lost | Tied | NR | Points | NRR |
|---|---|---|---|---|---|---|---|
| Rajasthan Royals | 3 | 3 | 0 | 0 | 0 | 6 | +2.403 |
| Punjab Kings | 3 | 2 | 0 | 0 | 1 | 5 | +0.637 |
| Royal Challengers Bangalore | 2 | 2 | 0 | 0 | 0 | 4 | +2.501 |
| Delhi Capitals | 3 | 2 | 1 | 0 | 0 | 4 | +0.811 |
| Lucknow Super Giants | 3 | 2 | 1 | 0 | 0 | 4 | -0.359 |
| Sunrisers Hyderabad | 3 | 1 | 2 | 0 | 0 | 2 | +0.275 |
| Gujarat Titans | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.270 |
| Mumbai Indians | 3 | 1 | 2 | 0 | 0 | 2 | -0.715 |
| Kolkata Knight Riders | 4 | 0 | 3 | 0 | 1 | 1 | -1.315 |
| Chennai Super Kings | 3 | 0 | 3 | 0 | 0 | 0 | -2.517 |
Copyright © 2026 Techcoderz Pvt. Ltd. All Rights Reserved.
प्रतिक्रिया