एकतर्फी खेलमा चेन्नई पराजित : १७ वर्षपछि आरसीबीको चेन्नईमा जित - Khel Sarokar

एकतर्फी खेलमा चेन्नई पराजित : १७ वर्षपछि आरसीबीको चेन्नईमा जित

Khel Sarokar

खेल सरोकार

एकतर्फी खेलमा चेन्नई पराजित : १७ वर्षपछि आरसीबीको चेन्नईमा जित

रोयल च्यालेन्जर्स बैंग्लोरले १७ वर्षपछि चेन्नई सुपर किंग्सलाई आफ्नै घरेलु मैदान चेपौकमा पराजित गरेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरले यसअघि आईपीएल (२००८) को पहिलो सिजनमा यस मैदानमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो।

रोयल च्यालेन्जर्स बंगलोर (आरसीबी) ले आजको म्याचमा टस हारेपछि पहिले ब्याटिङ गर्दै ७ विकेटको नुक्सानमा २० ओभरमा १९६ रन बनायो। इंग्लिस ब्याट्सम्यान फिल साल्टले टीमलाई राम्रो सुरुवात दिँदै छोटो तर प्रभावकारी पारी खेले।साल्टले मात्र १६ बलमा ५ चौका र १ छक्का हान्दै ३२ रन बनाए। तर, उनको पारी नूर अहमदको बलमा समाप्त भयो, जसले साल्टलाई विकेटकिपर महेन्द्र सिंह धोनीको सहयोगमा स्टम्प आउट गराए। यसैगरी, देवदत्त पडिक्कलले २७ रन बनाए, तर अनुभवी स्पिनर आर. अश्विनले उनको पारी रोक्न सफल भए।

टीमका पूर्व कप्तान विराट कोहली यस पटक लयमा देखिएनन, अनले ३० बलमा ३१ रन मात्र बनाए। उनको पारीमा २ चौका र १ छक्का समावेश थियो। कोहलीले नूर अहमदको बलमा रचिन रविन्द्रको हातमा क्याच आउट भए।

कोहलीपछि लियाम लिभिङ्ग्स्टन (१०) पनि सस्तोमा आउट भए। नूर अहमदले उनलाई बोल्ड गरेर पवेलियन पठाएका थिए। जितेश शर्मा पनि १२ रन बनाउँदै खलील अहमदको शिकार बने। तर कप्तान रजत पाटीदारले ३० बलमा अर्धशतक पूरा गरे। पाटीदारले ३२ बलमा ५१ रन बनाउँदै ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनी मथीशा पथिरानाको बलमा बोल्ड भए। पथिरानाले १९औं ओभरमा क्रुणाल पाण्ड्यालाई (०) पनि आउट गरे। पारीको अन्तिम ओभरमा टिम डेभिडले (२२*) स्याम करनको गेंदमा ३ छक्का हान्दै आरसीबीलाई २०० नजिक पुर्याए।

१९६ रनको लक्ष्य पछ्याउँदै चेन्नई सुपर किङ्स (सीएसके) को शुरुवात निकै नराम्रो रह्यो। पावरप्लेमा (पहिलो ६ ओभर) नै तीन विकेट गुमाएर टोलीलाई ठूलो धक्का लाग्यो। आरसीबीका तेज बलर जोश हेजलवुडले दोस्रो ओभरमै दुई विकेट झट्काए। उनले राहुल त्रिपाठी (५) र कप्तान ऋतुराज गायकवाड (०) लाई आउट गरेर सीएसकेलाई झन् दबाबमा पारे। त्यसपछि भुवनेश्वर कुमारले तेस्रो ओभरमा दीपक हुड्डा (४) लाई बोल्ड गरेर चेन्नईको समस्या बढाए। सैम करनले ८ रन बनाए तर लियाम लिभिङ्ग्स्टनको बलमा आउट भएपछि सीएसकेको स्थिति अझ नाजुक बन्यो। चौथो विकेट गुमाउँदै टोलीले ५२ रन मात्र बनाएको थियो।

महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले अन्तिम समयमा केही आक्रमक शॉट खेले तापनि म्याचको नतिजा परिवर्तन गर्न सकेनन्। धोनिले १६ बलमा ३ चौका र २ छक्का हान्दै नाबाद ३० रन बनाए भने जडेजाले २५ रनको योगदान दिए। तर यसअघि नै चेन्नई सुपर किङ्सको पारी धराशायी भइसकेको थियो। आरसीबीका तेज बलर जोश हेजलवुडले ३ विकेट लिएर प्रभावकारी प्रदर्शन गरे। यश दयाल र लियाम लिभिङ्ग्स्टनले पनि २-२ विकेट झट्काए भने भुवनेश्वर कुमारले १ विकेट लिए।

धोनी-जडेजाको प्रयासपछि पनि सीएसकेले मात्र १५२ रन बनाउँदै ९ विकेटको नुक्सानमा पारी समाप्त गर्यो।

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया