आइपिएलकाे सातौं खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा - Khel Sarokar

आइपिएलकाे सातौं खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

आइपिएलकाे सातौं खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा

भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को सातौं खेलमा आज दिल्ली क्यापिटल्स र गत संस्करण विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ भने खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा गुजरात लगातार दोस्रो जितको खोजीमा रहेको छ । गुजरात टाइटन्सले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो ।

दिल्ली क्यापिटल्स भने पहिलो जितको खोजीमा छ । दिल्ली क्यापिटल्स पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो ।

आज घरेलु मैदानमा दिल्ली क्यापिटल्स गुजरात टाइटन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्ने सोचमा हुनेछ । 

दिल्ली क्यापिटल्सको टोलीमा पृथ्वी शा, डेविड वार्नर, मिचेल मार्श, सरफराज खान, रोभम्यान पावेल, ललित यादव, अक्षर पटेल, खलिल अहमद, कुलदीप यादव, एनरिक नोर्टजे र चेतन साकरिया रहेका छन् । 

गुजरात टाइटन्सको टोलीमा शुभमन गिल, ऋद्धिमान साह, हार्दिक पाण्ड्या, डेविड मिलर, विजय शंकर, राहुल तेवटिया, राशिद खान, अल्जारी जोसेफ, जोस लिटिल, मोहम्मद शामी र यश दयाल रहेका छन् ।

हालसम्म दिल्ली र गुजरातले एक खेलमा मात्र एकअर्काको सामना गरेका छन् । गत सिजनमा भएको खेलमा गुजरातले दिल्लीलाई १४ रनले हराएको थियो ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया