१६ औँ संस्करणको आइपीएलमा ‍ आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुदै - Khel Sarokar

१६ औँ संस्करणको आइपीएलमा ‍ आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुदै

Khel Sarokar

खेल सरोकार

१६ औँ संस्करणको आइपीएलमा ‍ आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुदै

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा ‍ आज मंगलबार दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुदैछ ।

यी दुई टोलीबीचको खेल दिल्लीस्थित अरुन जेट्ली स्टेडियममा हुनेछ भने खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ । 

दिल्ली क्यापिटल्स डेभिड वार्नर र मुम्बई रोहित शर्माको कप्तानीमा

दुवै टोली जारी सिजनको पहिलो जितको खोजीमा हुनेछन् । तीन खेल खेलेको दिल्ली तीनै खेलमा हार व्यहोर्दै अंक तालिकाको पुछारमा छ। दिल्ली क्यापिटल्स गुजरातसँग ६ विकेट, लखनउसँग ५० रन र राजस्थानसँग ५७ रनले पराजित भएको थियो।

दुई खेल खेलेको मुम्बई इण्डियन्स पनि दुवै खेलमा पराजित भर्इ हाल तालिकाको नवौँ स्थानमा रहेको छ । मुम्बई इण्डियन्स पहिलो खेलमा बेंगलोरसँग ८ विकेट र चेन्नईसँग ७ विकेटले पराजित भएको थियो।

दिल्ली क्यापिटल्सको टोलीमा पृथ्वी शा, डेविड वार्नर, मिचेल मार्श, सरफराज खान, रोभम्यान पावेल, ललित यादव, अक्षर पटेल, खलिल अहमद, कुलदीप यादव, एनरिक नोर्टजे र चेतन साकरिया रहेका छन् । 

मुम्बई इण्डियन्सको टोलीमा रोहित शर्मा, सन्दीप वारियर, सूर्यकुमार यादव, इशान किशन, देवाल्ड ब्रेभिस, तिलक वर्मा, जोफ्रा आर्चर, टिम डेभिड, मोहम्मद अरशद खान, रमनदीप सिंह, ऋतिक शोकिन, अर्जुन तेन्दुलकर, ट्रिस्टन स्टब्स, कुमार कार्तिकेय, जेसन बेहरेनडोर्फ, आकाश माधवाल, आकाश माधवाल, ग्रीन, झ्ये रिचर्डसन, पियुष चावला, दुआन जेन्सेन, विष्णु विनोद, शम्स मुलानी, नेहल वढेरा र राघव गोयल रहेका छन् ।

गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १ विकेटले हराएको छ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया